Logo

एनसेलको ‘सधैँ अन रिन्युअल प्याक’ का ग्राहक २ लाख

काठमाडौं– एनसेलले प्रिपेड ग्राहकलाई लक्षित गरि संचालनमा ल्याएको सधैँ अन रिन्युअल प्याक सेवा प्रयोग गर्ने ग्राहकको संख्या दुई लाख नाघेको छ । प्रयोगकर्तालाई दूरसञ्चार सेवामा सहज, सुलभ प्याकहरुका साथ सेवा प्रदान गर्ने उद्देश्यसहित कम्पनीले नयाँ प्रिपेड सेवा रिन्यूअल प्याक सञ्चालनमा ल्याएको थियो ।

रिन्यूअल प्याकमार्फतमा ग्राहकले बिना कुनै बाधा महिनाभरका लागि आफ्नो खर्च गर्न सक्ने क्षमता अनुसार विभिन्न अनलिमिटेड सेवासहित भ्वाइस, डेटा, एसएमएस बन्डल दूरसञ्चार सेवाको फाइदा लिन सक्ने एनसेलले जनाएको छ । यो प्याकको विशेषता झन्झटरहित अनलिमिटेड मोबाइल सेवा, यूट्युबमा अनलिमिटेड पहुँच, अनलिमिटेड नाइट डेटाका साथै छुट्टै डेटा भोल्युमलगायत छन् ।

सस्तोमा सेवा पाइने, हरेक महिना ढुक्क हुन सकिने, प्रगोग गर्न बाँकी भए क्यारी ओभर भएर नयाँ अर्थात अर्को महिना आउँने र डेटालाई भ्वाइस, र भ्याइसलाई डेटामा कम्भर्ट गर्न सकिने जस्ता सुविधाले गर्दा पनि यो सेवाप्रति उपभोक्ताको आकर्षण बढेको एनसेलले जनाएको छ । एनसेलले दुई महिनाअघि मोबाइल एप अर्थात डिजिटल च्यानलमार्फत र पछि यूएसएसडी च्यानलमा यो सेवा दिन थालेको हो ।

ग्राहकले यो सेवा आफ्नो बजेट अनुसार ३९९ देखि १ हजार ४९९ सम्मका मासिक प्याक लिन सक्नेछन् । अर्थात ग्राहकहरुले न्युनतम दैनिक १३ रुपैयाँमा महिनाभरका लागि अनलिमिटेड यूट्युब, अनलिमिटेड नाइट डेटासहितको सेवा लिन सक्ने एनसेलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्