कोटेश्वर भाटभटेनीका सुरक्षागार्ड सम्मानित

काठमाडौं- कोटेश्वरस्थित भाटभटेनीका सुरक्षागार्ड सम्मानित भएका छन् । राजावादी प्रदर्शन क्रममा १५ चैतमा भएको हिंसात्मक प्रदर्शनमा भाटभटेनी सुपर स्टोर पुगेर तोडफोड र लुटपाट गर्नेको प्रतिकार गरेका सुरक्षा गार्ड दुलप्रसाद पराजुलीलाई सम्मान गरिएको हो ।
बुधबार आयोजित विशेष समारोहमा भाटभटेनी सञ्चालक मीनबहादुर गुरुङले सुरक्षा गार्ड पराजुलीलाई ५ लाख १ हजार १ सय ११ नगद पुरस्कार, एक फूली र पाँच ग्रेड बढुवाको सम्मान प्रदान गरे । समारोहमा अन्य कर्मचारीलाई पनि पुरस्कार र सम्मान प्रदान गरिएको थियो ।
विगत २२ वर्षदेखि भाटभटेनीमा कार्यरत पराजुलीले यही चैत १५ मा राजावादी समूहको लुटपाट र तोडफोडमा काटेश्वर भाटभटेनी जोगाउन लुटेराहरूको समूहसँग सामना गरेका थिए । पराजुलीले लुटेराहरूलाई लाठी प्रहार गर्दै लखेट्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।