Logo

सांसद पद निलम्बन फुकुवा गर्न लामिछानेको माग

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सांसदको पद निलम्बन फुकुवा गर्न माग गरेका छन् । मंगलबार सभामुख देवराज घिमिरेसँग भेट गरी लामिछानेले आफ्नो सांसदको पद निलम्बन फुकुवा गर्न माग गरेका हुन् ।

करिब दुई महिनाअघि रास्वपाका सभापति लामिछानेले आफू धरौटी बुझाएर थुनामुक्त भएको भन्दै निलम्बन फुकुवाको मागसहित सभामुख घिमिरेसमक्ष निवेदन दिएका थिए । सोही मागलाई स्मरण गराउन आफूहरुले सभामुखसँग भेट गरेको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

उक्त भेटमा लामिछानेसहित रास्वपाका उपसभापति डोलप्रसाद अर्याल, प्रमुख सचेतक सन्तोष परियार, सचेतक निशा डाँगी, सोविता गौतम, अशोक चौधरी, शिव नेपाली, डा तोसिमा कार्कीलगायत सहभागी थिए । सांसदलाई मुद्दा पर्नासाथ पद निलम्बन गर्ने अभ्यासप्रति आपत्ति जनाउँदै उनीहरुले यस विषयमा थप छलफलका लागि सभामुख घिमिरेसँग आग्रह गरे । लामिछानेमाथि सम्पत्ति शुद्धीकरण मुद्दा लागेपछि संघीय संसद् सचिवालयले गत पुस ८ गते सूचना निकालेर सांसद पद निलम्बन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्