पन्ड्स स्किन इन्स्टिट्युटको सौन्दर्य र विज्ञानको नयाँ युग

काठमाडौं– पन्ड्सले बजारमा आफूलाई पुन: प्रस्तुत गर्दै उपभोक्ताको व्यक्तिगत छाला सम्बन्धित समस्या समाधानका लागि शक्तिशाली तत्वहरू र फराकिलो प्रदक्तका साथ समाधान प्रस्तुत गरेको छ । महिलालाई नवीनतम विज्ञानको साथ उत्कृष्ट त्वचा सम्बन्धी चमत्कारी परिणाम दिने उद्देश्यबाट प्रेरित यस ब्रान्डले नयाँ ट्यागलाइन ‘मिराकल्स ह्याप्पेन्स’ प्रस्तुत गरेको छ ।
पन्ड्स स्किन इन्स्टिट्युटले विज्ञानमा आधारित फर्मुलाले उपभोक्तामा आशा र त्वचामा वास्तविक परिवर्तन ल्याउने लक्ष्य राखी पन्ड्स ब्रान्डकोे दृश्य पहिचानलाई परिवर्तन गर्दै पन्ड्सबाट पन्ड्स स्किन इन्स्टिट्युटमा नाम परिवर्तन गरेको छ, जसले ब्रान्डको आधारभूत विषयवस्तु: अनुसन्धान, विज्ञान र विशेषज्ञतालाई उजागर गर्दछ ।
पन्ड्स स्किन इन्स्टिट्युटले आफ्ना फोर्मुलामा तीन प्रमुख इन्ग्रीडीएन्टहरू प्रस्तुत गरेको छ । यसको फेसवाश र फेस मोइस्चुराइजर जस्ता प्रमुख प्रदक्तमा पाइन्छ, र प्रत्येक इन्ग्रीडीएन्ट त्वचाको विशेष समस्यामा लक्षित छ । ब्रान्डले नयाँ र नवप्रवर्तन प्रदक्तहरूको माध्यमबाट नेपालमा विश्वव्यापी गुणस्तर अनुसार उपभोक्तालाई उत्तम समाधान दिन चाहन्छ ।
पन्ड्स स्किन इन्स्टिट्युटको ब्राइट ब्युटी सिरम क्रिममा निआसिनामाइड मुख्य इन्ग्रीडीएन्टको रूपमा पाइन्छ, जुन छालाका तहहरूमा गहिरो प्रवेश गर्छ, ९६ प्रतिशत स्पट रिडक्सन र चम्किलो त्वचा प्रदान गर्ने कम्पनीले जनाएको छ ।