लोडसेडिङ मुक्त खलंगाका नाममा नेताको राजनीति «

लोडसेडिङ मुक्त खलंगाका नाममा नेताको राजनीति

जुम्ला –साविक कर्णालीको पहिलो चन्दननाथ नगरपालिकालाई उज्यालो बनाउने कुरा राम कहानी बन्यो । विभिन्न उपाय अपनाईयो तर दिर्घकालिन हुन नसक्दा लोडसेडिङको समस्या समधान हुन सकेन् । मेसिन बनाउने त्रमबाटै अन्धकार भोगिरहेका खलंगा बासीले अहिले सम्म मुत्ती पाएका छैनन् । र कहिले सम्म पुर्ण बत्ती पाउने टुंगो पनि छैन् ? खलंगाको बत्ती पछिल्लो समय सबै नेताहरुको राजनीति गर्ने आधार भएको छ । नत नेता त्यसबारे बोल्न छोड्छन् नत बत्ती बल्छ ।
केही महिना पावरको नया मेसिन जडान गर्ने कुरा समय खायो । ब्रोरिङ भाचिएपछि नया मेसिन जडानको जिम्मा लिएको भारतिय कम्पन्नीको ठेगेदार बीचमै भागेपछि महिनौ दिन खलंगा अध्यारै रह्यो । सर्बदलिय बैठक बसेर ठेगेदारलाई फिर्ता बोलाई नया मेसिन जडान गरेपनि बत्ती नियमित हुनसकेन् । खलगाबासीको टुंकी बाल्ने बाध्यता हटेन् ।
फेरि संघीय सांसद गजेन्द्रबहादुर महतको पहलमा सांसद विकास कोषको ५० लाख रुपैयाँमा डिजेल प्लान्ट खरिद गरि जुम्ला ल्याईयो । डिजेल प्लान्टको खर्च धान्न नसक्ने टिकाटिप्पणी उहिबेला चलेको थियो तर केही महिनामै प्लान्ट महंगो भएका कारण चलाउन सकिएन । अहिले विद्युत प्राधिकरणले पठाएको डिजेल प्लान्ट तथा विद्युत उत्पादनका साधन सबै थन्किएका छन् ।
अध्याँरो यहाँका नागरिकको नियती ने बनेको छ । साना उधोग, होटल व्यवसायी नियमित बत्ती नहुँदा मर्कामा छन् । भने सबैभन्दा समस्यामा एसईई तयारी गर्ने विधार्थि छन् । अहिले एक छोडेर एक मात्रै बत्ती आउछ । १०÷२२ घण्टा मात्रै बत्ती आउदा होटल संचालनमा निकै समस्या भएको कान्जिरोवा होटलका मालिक नेर्बु लामाले बताए । बत्ती आउने भन्दै महिना दिन वर्ष बित्यो तर समस्या उहीँ,बत्ती उत्पादनका क्षेत्रमा यति घोटाला किन भएको होला ? भन्ने विषयमा नगरबासी अनविज्ञ छन । अहिले सम्मका नेताहरुले खलंगामा बत्ति बाल्ने नाउमा राजनीति गरिरहेका छन् । लोडसेडिङको दिगो समधान कसैले पनि खोजेका छैनन् । कोहि आएर डिजेल प्लान्ट दिन्छन्, कोहि आएर सोलार प्लान्ट दिने कुरा गर्छन् । तर यी सबै खलंगाको लोडसेडिङ समधान भन्दा पनि बत्तीका नाममा राजनीति चम्काईरहेको नागरिकहरुको गुनासो छ ।

 
१ मेगावटको सोलार प्लान्ट
लामो समय देखी जुम्ला सदरमुकाम खलंगा अन्धकारमय छ । नियमित विद्युत नहुदाँ एसईईको तयारी कक्षा लिईरहेका विधार्थि समस्या छन् । भने, विद्युतीय कार्य लगायत ठप्प छन । लामो समय सम्म जिल्ला सदरमुकाममा लोडसेडिङ हुँदा समस्या भोगिरहेका स्थानीयलाई भने अब केही सहज हुने भएको हो ।
दोस्रो अल्पकालिन उपायका रुपमा खलंगाको विद्युत समस्या समाधानका लागि कर्णाली प्रदेश सरकारले एक मेगावाट सोलार प्लान्ट सहयोग गरेको छ । ६ महिनाभित्र खलंगामा विद्युत आपुर्ति भइसक्ने गरी काम भईरहेकको आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले जानकारी दिए ।
उनका अनुसार जुम्लामा लामो समय सम्म विद्युत नहुदाँ दीर्घकालिन रुपमा विद्युतको आपुर्तिको व्यवस्था नहुञ्जेल सम्म सोलार प्लान्टको व्यवस्था गरिएको हो । उनले भने, ‘जुम्ला लामो समयसम्म अध्याँरोमा बस्यो, अब भने केही सहज हुन्छ । विद्युत आपुर्तिको अल्पकालिन समाधानका लागि एक मेगावाटको सोलार प्लान्ट राख्न लागिएको हो । ६० प्रतिशत अनुदान दिने,२० प्रतिशत सहुलियत कर्जा दिने र उत्पादकहरुले निर्माण गर्ने गरि प्रक्रिया अघि बढिसकेको छ ।
समन्वय समितिका प्रमुख लालबहादुर सार्की सोलार प्लान्ट अध्ययनका लाग चिनियाँ टोली जुम्ला पुगेर फर्किसकेको बताए । सोलार प्लान्ट मार्फत जुम्ला झलमल्ल बनाउन आतुर रहेको उनको भनाई छ । विद्युत प्राधिकरण र वैकल्पीक उर्जाबीच सम्झौता हुने वित्तिकै जुम्लामा ६ महिनाभित्र नियमित विद्युत आपुर्ति तथा सोलार प्लान्टको कार्य सुरु भइसक्ने छ । जुुम्लामा सोलार प्लान्टबाट तातोपानी गाउँपालिकाको डाँगीबाड, सिँजा गाउँपालिकामा सौर्य उर्जा मार्फत विद्युत उत्पादनको काम भइरहेको छ ।
सोलार प्लान्ट पनि कुनै देशको कथा त हुने हैन, यति बर्ष अध्यारोमा बसेका नबासीले अझै विधुतको दिर्धकालिन समधान नखोज्दा बत्ती आउने आशा मारिसकेको स्थानीय अझबिरे सार्किले बताए । अहिले चन्दननाथ नगरपालिकामा झण्डै ३ हजार सेवाग्राहीले नियमित विद्युत सेवा पाउन बाट बन्चीत छन् । टुकी कै भरम यहाँका नागरिकले दैनिकी गुजारा गरिहेका छन् ।
प्रतिक्रिया दिनुहोस्