Logo

राप्रपा उपाध्यक्ष मिश्र र महामन्त्री जबरा अदालतमा उपस्थित

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवलसमशेर जबरालाई अदालतमा उपस्थित गराइएको छ । आइतबार उनीहरुलाई म्याद थप गर्नका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको हो ।

चैत्र १५ गते तीनकुनेमा आन्दोलनकारीहरुलाई उक्साएर घटना गराएको आरोपमा उनीहरुलाई पक्राउ गरी म्याद थप गर्नका लागि अदालतमा लगिएको हो । आइतबार नै प्रहरीले म्याद थपका लागि सरकारी वकीलको कार्यालय पुर्‍याएको थियो ।

त्यसपछि जिल्ला अदालतमा लगेर उनीहरुको म्याद थपको प्रक्रिया अघि बढाइएको हो । चैत्र १५ गते तीनकुनेमा भएको राजावादीको प्रदर्शनमा दुवै नेताहरु सहभागी बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्