Logo

युनाइटेड इन्स्योरेन्समा श्रेष्ठ

युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड, सञ्चालक समितिको अध्यक्षमा वरिष्ठ उद्यमी रविभक्त श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । उहा“ यस कम्पनीको संस्थापक सेयरधनी एनई गु्रप प्रालिका अध्यक्षसमेत रहेका छन् । बिमकको संस्थागत सुशासनसम्बन्धी निर्देशिकाबमोजिम बिहीबार अध्यक्ष श्रेष्ठले बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागार्इंबाट शपथ लिनु भर्ई पदभार ग्रहण गरे ।
अध्यक्ष श्रेष्ठले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन सहायकमन्त्री र नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष समेतको जिम्मेवारी सफलतापूर्वक वहन गरिसक्नु भएको छ । देशको अर्थतन्त्र प्रतिगहिरो रुचि राख्नु हुने अध्यक्ष श्रेष्ठ नेपालको निजी क्षेत्रको प्रतिविम्ब मानिन्छन् ।

प्रतिक्रिया दिनुहोस्