एनआईसी एसिया बैंकद्वारा सहयोग «

एनआईसी एसिया बैंकद्वारा सहयोग

एनआईसी एसिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सशस्त्र प्रहरीको १९ औं स्थापना दिवसको उपलक्ष्यमा नेपाल एपीएफ क्लबका १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता–२०७६ मा सहभागी भई विभिन्न विधाका पदक विजेता खेलाडीहरुलाई नगद पुरस्कार स्वरुप ९ लाख ९५ हजार रुपैयाँबराबरको रकम यस बैंकले प्रदान गरेको छ ।
उक्त सहयोग स्वरुपको चेक एनआईसी एसिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठीले एपीएफ क्लबका अध्यक्ष सशस्त्र प्रहरी उपरीक्षक तुलसीराम दाहाललाई हस्तान्तरण गरेका थिए । उक्त कार्यक्रम सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी महानिरीक्षक शैलैन्द्र खनालको प्रमुख अतिथ्यता रहेको बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुधीरनाथ पाण्डेले बताए ।

प्रतिक्रिया दिनुहोस्