Logo

नेपाल एसबिआई बैंकको विभिन्न संस्थासँग सम्झौता

काठमाडौं– नेपाल एसबिआई बैंकले ग्राहकलाई छुट सुविधा दिन विभिन्न संस्थासँग सम्झौता गरेको छ । बैंकले दुसित थानी हिमालयन रिसोर्ट धुलिखेलसँग बैंकका डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्तालाई लक्षित गरी खाध्य तथा पेय पदार्थ र अन्य सुविधामा १५ प्रतिशतसम्म छुट दिने सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत राजेशकुमार पण्डा र रिसोर्टकी सह निर्देशक सितु श्रेष्ठबीच हस्ताक्षर भएको छ । यस्तै बैंक र होटेल क्रिस्टल पशुपति काठमाडौंबीच होटलका सेवा सुविधामा ग्राहकलाई २० प्रतिशतसम्म छुट दिने सम्झौता भएको छ ।

उक्त सम्झौता बैंकका प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारीको उपस्थितिमा भएको थियो । कार्यक्रममा बैंकका प्रमुख सञ्चालन अधिकृत विकास आनन्द, बैंकका सल्लाहकार छपि राज पन्त र बैंक तथा होटेलका अन्य उच्च पदाधिकारीको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्