Logo

एभरेष्ट बैंकको नयाँ वर्षको क्यालेण्डर सार्वजनिक

काठमाडौं– एभरेष्ट बैंकले नयाँ वर्ष २०८२ को कर्पोरेट क्यालेन्डर अनावरण गरेको छ ।

नेपालमा मनोरञ्जन र प्रतिस्पर्धाका रुपमा धेरै पहिलेदेखि खेलिने ‘परम्परागत खेलकुद’ विषयवस्तु राखेर तयार पारिएको २०८२ सालकोे क्यालेन्डर बैंकका सञ्चालक समितिका अध्यक्ष डा.बालगोपाल वैद्यले अनावरण गरेका हुन् ।

कार्यक्रममा बैंकका अन्य उच्च पदस्थ अधिकारीहरूको पनि सहभागिता थियो । बैंकले लामो समय देखिनै नेपालको धर्म, संस्कृति, पर्यटनलगायत अन्य पुरातात्विक महत्त्वको विषयवस्तुलाई समेट्दै आफ्नो कर्पोरेट क्यालेन्डर बनाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्