Logo

सिटिजन्स बैंकको सहयोग

काठमाडौं– सिटिजन्स बैंक इन्टरनेसनलले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत मोरङको एक विद्यालयलाई सहयोग गरेको छ । बैंकले बुढीगंगा गाउँपालिका–२ मा अवस्थित लोटस सार्वजनिक विद्यालयलाई कम्प्युटर र प्रिन्टर सहयोग प्रदान गरेको छ ।

दलित, जनजाति, अनाथ तथा विपन्न वर्गका करिब १५० बालबालिकालाई नि:शुल्क अंग्रेजी माध्यममा अध्यापन गराउँदै आएको विद्यालयलाई पठनपाठनमा सहज बनाउन सो सहयोग गरेको बैंकले जनाएको छ । विद्यालयमा आयोजित एक समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सहयोग स्वरुप कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्