अस्ट्रेलियामा किशोर–किशोरीको यौन आमा–बाबुको तुलनामा आधा «

अस्ट्रेलियामा किशोर–किशोरीको यौन आमा–बाबुको तुलनामा आधा

क्यानबेरा-सामाजिक सञ्जाल, डेटिङ एप्स र पोर्नोग्राफीका कारण अस्ट्रेलियाका किशोर–किशोरीले आफ्ना आमाबाबुको तुलनामा आधामात्रै सेक्स गर्ने गरेको विज्ञहरूले बताएका छन् ।
१८ देखि २४ वर्षसम्म उमेरका ४० प्रतिशत मानिसले कहिल्यै सेक्स नगरेको र १५ प्रतिशतले महिनाको एकपटक मात्रै सेक्स गर्ने गरेको बताएका छन् । यो मामिलामा ४० देखि ४९ उमेरका मानिसमध्ये ३० प्रतिशतले महिनामा एक पटक मात्रै सेक्स गर्ने गरेको अस्ट्रेलिया टक्सले ५० हजार मानिसमाझ गरेको सर्भेले देखाएको छ ।
टिनेजले वास्तविक विश्वको विकल्पमा अनलाइन सम्पर्क गर्ने गरेको र उनीहरूले फेस–टु–फेस सञ्चार गर्ने क्षमता पनि गुमाएको यौन विज्ञ ज्याकुलाइन हेलयेरले बताए ।
“टेक्सटको माध्यमबाट सञ्चार गर्नुको अर्थ युवा वयष्कले लवज, बडी ल्याङ्ग्वेज र मानवीय सम्पर्क गुमाएका छन् । जुन वास्तविक जीवनमा हुने गर्छ,” हेलयेरले बताएको टेलिग्राफले प्रकाशित गरेको छ ।
सिड्नीका सेक्स थेरापिस्ट सुसन टकवेलले भनिन्, “मानिसहरू कसरी उत्तेजित हुन्छन् भन्ने विषयलाई अनलाइन पोर्नोग्राफीले परिवर्तन गरिरहेको छ ।”
“मानिसहरू पोर्नोग्राफिक इमेजबाट उत्तेजित हुने गरेका छन् । जबकि अन्यले डिजिटल संसारबाट वास्तविक संसारमा आफ्नो सम्बन्ध राख्न सकेका छैनन,” उनको भनाइ थियो ।
“उनीहरू डिभाइसमा समय बिताइरहेका बेला उनीहरूले अरूलाई यौनका लागि उत्तेजित गरिरहेका हुन्छन् । तर, जब मानिससँगको सम्पर्कको समय आउँदा यो चिन्ता उत्पन्न गर्ने किसिमको हुन्छ,” उनले बताइन् ।
किशोर–किशोरीले सेक्स नगर्नुको अर्को कारणमा उनीहरू नांगो देखेपछि डराउनु रहेको छ ।

प्रतिक्रिया दिनुहोस्