Logo

राप्रपाका नेताहरु पक्राउ, दुर्गा प्रसाईं फरार

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेताहरुसहित ५० जनाभन्दा बढी पक्राउ परेका छन् । प्रहरीले रविन्द्र मिश्र र महामन्त्री धवलशमसेर राणसँगै अधिवक्ता स्वागत नेपाल र अन्य केहीलाई पक्राउ गरेको जनाएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक अङ्गुर जिसीका अनुसार उनीहरुलाई शुक्रबार साँझ पक्राउ गरिएको हो । तीनकुनेमा शुक्रबार घटेको घटनाका सन्दर्भमा आवश्यक सोधपुछका लागि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

राजसंस्था पुन:स्थापना लागि जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीलाई भने प्रहरीले घरमै नियन्त्रणमा राखेको छ । प्रहरीका अनुसार आन्दोलनको कमान्डर भनिएका दुर्गा प्रसाईं भने फरार छन् ।

प्रतिक्रिया दिनुहोस्