Logo

भक्तपुर महोत्सव चैत २८ देखि

काठमाडौं– ‘नयाँ वर्ष नयाँ सोच युवाको लागि छ प्रगतिको स्रोत’ भन्दै नयाँ वर्ष २०८२ र प्रसिद्ध विस्का: जात्राको अवसरमा भक्तपुरमा महोत्सव हुने भएको छ ।

भक्तपुरको सल्लाघारीको तीनकुनेस्थित चौरमा चैत २८ देखि वैशाख ७ गतेसम्म महोत्सव सञ्चालन हुने औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतले जानकारी दिए । बुधबार पत्रकार सम्मेलन गर्दै अध्यक्ष महतले नवौं भक्तपुर औद्योगिक सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव ११ दिनसम्म सञ्चालन हुने जानकारी दिए ।

महोत्सवमा दैनिक जीवनमा प्रयोगमा आउने दैनिक उपभोग्य सामग्री, खाद्यान्नका सामग्री, भाँडाकुँडाका साथै विभिन्न्न प्रकारका लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकलाका सामग्री हुनेछन् । औद्योगिक उत्पादनको प्रर्दशनी, सूचना तथा विज्ञान प्रविधिको प्रर्दशनी, अटो मोवाइल प्रर्दशनी, आधुनिक कृषि औजार प्रर्दशनी तथा बिक्री हुनेछ ।

प्रतिक्रिया दिनुहोस्