Logo

महालक्ष्मीको सुन कर्जा सेवा

काठमाडौं– महालक्ष्मी विकास बैंकले भैरहवा शाखाबाट सुन कर्जा सेवा सुरुवात गरेको छ । कार्यक्रममा बैंकका सञ्चालक राहुल अग्रवाल र प्रदेश प्रमुख तथा शाखा प्रबन्धकले उक्त सेवा शुभारम्भ गरेका हुन् । बैंकले आफ्ना ग्राहकलाई अझै सहज, छिटो छरितो र भरपर्दो सेवा प्रदान गर्ने उद्देश्यले सुन कर्जा सेवा प्रारम्भ गरेको जनाएको छ ।

ग्राहकले न्यूनतम ब्याजदर, छिटो प्रक्रिया तथा सहज सुविधाका साथ सो शाखाबाट सुन कर्जा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । सुन कर्जा सेवाले ग्राहकलाई आपतकालीन वित्तीय आवश्यकता पूरा गर्न सहयोग गर्ने विस्वास लिएको बताइएको छ । कम ब्याजदर, छरितो प्रक्रिया तथा सुरक्षित वित्तीय व्यवस्थापनको प्रतिवद्धतासहित यो सेवा भैरहवा शाखाबाट सुरु गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्