ट्रम्पका ज्वाइँलाई प्रतिबन्ध «

ट्रम्पका ज्वाइँलाई प्रतिबन्ध

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँलाई अति गोप्य स्थानमा जानबाट रोक लगाइएको छ । केही गोप्य सूचना चुहावट भएपछि उनीमाथि यस्तो प्रतिबन्ध लगाइएको हो । यो फैसला ह्वाइट हाउसका मुख्य कार्यकारी जोन केलीले लिएका हुन् । ३७ वर्षीय कुशनर ट्रम्पकी छोरी इभांका ट्रम्पका पति र राष्ट्रपतिका वरिष्ठ सल्लाहकार पनि हुन् ।
गोप्य स्थलमा जानबाट लगाइएको रोक र गोपनीय सूचना उपलब्ध गराइने विषयमा लगाइएको प्रतिबन्धबाट उनको स्तरमा पनि गिरावट आएको छ । यो आदेश गत शुक्रबार जारी गरिएको थियो । योभन्दा पहिले कुशनरलाई सबै तहका गोपनीय जानकारी उपलब्ध गराइँदै आएको थियो । उनले अमेरिकाको सबैभन्दा गोपनिय दस्तावेज तथा क्रियाकलापका बारेमा जानकारी प्राप्त गर्दै आएका थिए । नयाँ व्यवस्थाअनुसार राष्ट्रपति ट्रम्पले यदि उचित सम्झेको अवस्थामा अति गोप्य सूचनाका बारेमा आफ्ना ज्वाइँ तथा वरिष्ठ सल्लाहकार कुशनरलाई जानकारी गराउनेछन् ।
उल्लेखनीय विषय यो छ कि कुशनार तथा उनकी पत्नी इभांका राष्ट्रपतिको आवास तथा कार्यालय ह्वाइट हाउसमा विशेष दर्जाका साथ रहँदै आएका छन् । हालैको कुशनरको विदेशी अधिकारी तथा कारोबारीका साथ भएको सम्बन्धका कारण यो सवाल उठेको हो ।
ह्वाइट हाउसका प्रेस सचिव सारा स्यान्डर्सले प्रशासनिक फैसलाका बारेमा आफू कुनै पनि टिप्पणी गर्न असमर्थ भएको बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्