४१ अंकले बढेको शेयर बजारमा ५ अर्ब २२ करोड कारोबार

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । नेप्से परिसूचक बिहीबार ४१.४३ अंकले बढेर २ हजार ६ सय ६३.३० विन्दुमा कायम भएको हाे ।
यो एक दशमलव ५८ प्रतिशतको वृद्धि हो । बुधबार ४ अर्ब २० करोडको कारोबार भएकोमा बिहीबार भने ३ सय ९ वटा कम्पनीका ९७ लाख ७२ हजार कित्ता शेयर ५ अर्ब २२ करोड रुपैयाँमा किनबेच भएको छ ।
बिहीबार सबै समूहको उपसूचक हरियो देखिएकोमा व्यापार समूहको शेयर ६ प्रतिशतले बढेको छ । यस्तै लगानी र माइक्रोफाइनान्स समूहको शेयर २ प्रतिशतभन्दा धेरैले बढेको छ ।
यस्तै, गुराँस लघुवित्त र शृजनशील लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्र बजार उच्च अंकले बढेको दिन कुमारी सबल योजनाको शेयर सबैभन्दा धेरै झण्डै २ प्रतिशतले घटेको छ ।