Logo

केसीएम–सियाम बीबीए कार्यक्रमको दीक्षान्त कार्यक्रम

काठमाडौं– काठमाडौं कलेज अफ् म्यानेजमेन्टद्वारा थाइल्याण्डस्थित सियाम विश्वविद्यालयसँगको साझेदारीमा सञ्चालिन्त ब्याचलर अफ् बिजिनेस एड्मिनिस्ट्रेसन (बीबीए) कार्यक्रमको ब्याच २०२०–२०२४ र ब्याच २०२१–२०२५ को संयुक्त दीक्षान्त सम्पन्न भएको छ ।

कलेजले सन् २०१४ देखि सियाम विश्वविद्यालयसँगको साझेदारीमा बीबीए कार्यक्रम सञ्चालन गर्दै आएको छ । दीक्षान्त उत्सवका प्रमुख अतिथि, सियाम विश्वविद्यालयका भाइस प्रेसिडेन्ट डा. च्योल जे चोले दुवै ब्याचका उत्तीर्ण विद्यार्थीलाई स्नात्तकोपाधिको प्रमाणपत्र प्रदान गरे ।

दीक्षान्त उत्सवमा दुवै ब्याचका गरी उत्तीर्ण ८२ विद्यार्थीमध्ये उपस्थित ७० जनालाई स्नात्तकोपाधिको प्रमाणपत्र वितरण गरिएको थियो । साथै दुवै ब्याचका सर्वोत्कृष्ट विद्यार्थीलाई पुरस्कृत पनि गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्