पोखरामा बिहीबारदेखि अटो शो

पोखरा– पोखरामा बिहीबारदेखि वाडा अटो सो २०२५ को हुने भएको छ । पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा) ले पोखरामा पहिलो पटक अटो सो २०२५’ गर्न कार्यक्रम संयोजक एवम वाडाका उपाध्यक्ष निरन केसीले बताए ।
अमरसिंहचौरमा ४ दिनसम्म चल्ने सोमा १९ वटा ब्राण्डका ४–पाङ्ग्रे, ६ वटा ब्राण्डका लाइट कमर्सियल, ७ वटा ब्राण्डका २–पाङ्ग्रेलगायत लुब्रिकेन्ट, टायर, ग्यारेज उपकरण, अन्य एशोसेरिज तथा वित्तीय संस्थाका २० वटा स्टल रहने प्रचार संयोजक विनय थापाले जानकारी दिए ।
यसअघि कार्यक्रमको प्रचार प्रसारका लागि पोखरा उपत्यका मोटर रेस, केभ टु केभ मोटर साइकल र्याली, सरसफाइ कार्यक्रम गरिएको थियो । कार्यक्रमले शिथिल बनेको अटोबजार र अर्थतन्त्रलाई चलायमान बनाउनुका साथै भिजिट पोखरा २०२५ लाई पनि टेवापुग्ने आयोजक पश्चिमान्चल अटोमोवाइल्स डिलर्स एसोशिएसनका अध्यक्ष दीपेन्द्र कोइरालाले बताए ।
नविनतम् सवारी साधनका मोडल, आधुनिकप्रविधि तथा यस क्षेत्रका अन्य सेवा प्रदायकको एकै थलोमा प्रदर्शन हुनुका साथै नाडा प्रेजेन्ट्स् वाडा अटो शो २०२५ मा स्थानीय एवं देशभरबाट डिलर, उत्पादक, विक्रेता एवं ग्राहकको भेलाले गण्डकी प्रदेशमा सवारी साधन र सम्बन्धित सम्पूर्ण क्षेत्रको विकास, बजारीकरण र विस्तारका लागि महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने वाडा अध्यक्ष कोइरालाले बताए ।