मध्यवर्ती क्षेत्रका विद्यार्थीलाई प्रकृति संरक्षण तालिम «

मध्यवर्ती क्षेत्रका विद्यार्थीलाई प्रकृति संरक्षण तालिम

महेन्द्रनगर- नेपाली सेनाले मध्यवर्ती क्षेत्रका विद्यार्थीलाई संरक्षण शिक्षा कार्यक्रमलाई तिव्रता दिएको छ । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको देवीदल गणले निकुञ्ज आसपासका विद्यार्थी तथा स्थानीयलाई प्रकृति संरक्षण शिक्षा तथा जनचेतना कार्यक्रमलाई तिव्रता दिएको हो ।
निकुञ्जसँग जोडिएका मध्यवर्ती क्षेत्रहरुका विभिन्न सामुदायिक विद्यालयमा सेनाले विभिन्न प्रकृति संरक्षण तथा जनचेतनामूलक कार्य गरिरहेको छ । सेनाले सो विद्यालय हरुमा शैक्षिक सामग्री तथा खेलकुदका सामाग्री समेत वितरण गरेको सेनाले जनाएको छ ।
भीमदत्त नगरपालिका, वेदकोट नगरपालिका, शुक्लाफाँटा नगरपालिका, लालझाडी गाउँपालिका र बेलडाडी गाउँपालिकाको मध्यवर्ती क्षेत्रका स्थानिय तथा विद्यार्थीलाई प्रकृति संरक्षण सम्वन्धि कार्यक्रमलाई तिव्रता दिएको देवीदल गण सेनाका गणपति प्रमुख सेनानी राजु बस्न्यातले बताए । निकुञ्जले मध्यवर्ती क्षेत्रका स्थानिय, विद्यार्थी तथा सरोकारवाला निकायसँग प्रकृति संरक्षण कार्यमा सजग बनाउँदै लगेको उनले जानकारी दिए । नेपाली सेनाको देवीदल गणले प्रकृति संरक्षण तथा जनचेतना लगायत विभिन्न सामाजिक कार्य गर्दै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्