नबिल बैंकको कामु सीईओमा ज्ञवाली

काठमाडौं– नबिल बैंकको कायममुकायम (कामु) सीईओको जिम्मेवारी सिनियर डेपुटी सीईओ मनोज ज्ञवालीले पाएका छन् । बुधबार बसेको सञ्चालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाको राजीनामा स्वीकृत गर्दै सीईओको जिम्मेवारी ज्ञवालीलाई दिएको हो ।
ज्ञवालीले बुधबारदेखि लागु हुने गरी जिम्मेवारी पाएका हुन् । बैंकका अनुसार, बैठकले चैत १० गतेदेखि नै लागु हुने गरी ढुंगानाको राजीनामा स्वीकृत गरेको छ । ढुंगाना गभर्नरको आकांक्षी भएकाले नबिल बैंकबाट बाहिरिएको हुन सक्ने स्रोतहरू बताउँछन् ।