विजय दौडको हाफ म्याराथनमा सेनाका नरेन्द्र सिंह विजेता

पाल्पा-विजय दौड अन्तर्गतको हाफ म्याराथनको उपाधि आर्मीका नरेन्द्र सिंह रावल(गणेश दल गण) ले जितेका छन् । नेपाल आर्मीका खेलाडी समेत रहेका सिंहले शनिबार तानसेन (पाल्पा)मा सम्पन्न दौड अन्तर्गत हाफ म्याराथन तर्फको निर्धारित २१ किमिको दूरी १ घन्टा १६ मिनेट ९ सेकेण्डमा पूरा गर्दै उपाधि जितेका थिए ।
त्यसै गरी रुकुम मुसिकोटका दुर्गा राज बुढाले १ घन्टा १८ मिनेट ३० सेकेण्डमा दूरी पूरा गर्दै दोश्रो स्थानमा र आर्मिकै सुभाष कार्की (नारायण दल गण, गोरुसिंगे)ले १ घन्टा १८ मिनेट ३५ सेकेण्डमा पूरा गरी तेश्रो भए । त्यसैगरी शिवबहादुर रायमाझी (खड्गदल गण)ले १ घन्टा १८ मिनेट ४२ सेकेण्डमा पूरा गरी सान्त्वना पुरस्कार प्राप्त गरे । हाफ म्याराथनतर्फका विजेताहरु प्रथमले ५० हजार, द्वितियले ३० हजार रुपैयाँ र तृतियले १५ हजार तथा सान्त्वना पुरस्कार हात पारे । हाफ म्याराथनमा २ महिलासहित १ सय७७ जना सहभागी थिए ।
त्यस्तै दौडअन्तर्गत ५ किमि छात्रतर्फको उपाधि भक्तपुरका सागर श्रेष्ठले १९ मिनेट १ दशमलव ६ सेकेण्डमा पूरा गर्दै जिते भने काठमाडौका युनिश सारु मगरले १९ मिनेट १३ सेकेण्डमा पूरा गरी दोश्रो स्थानमा आए । त्यस्तै काठमाडौकै प्रविण बोहराले १९ मिनेट २१ दशमलव १५ सेकेण्डमा पूरा गर्दै तेश्रो पुरस्कार प्राप्त गरे ।
५ किमी दौडकै छात्रा तर्फको उपाधि प्युठानकी छुमी बुढा मगरले २२ मिनेट ५० दशलमव ८७ सेकेण्डमा प्ूरा गर्दै जितिन् भने प्युठानकै खिमा सेरचनले निर्धारित दुरी २६ मिनेट २७ सेकेण्डमा पूरा गर्दै दोश्रो स्थानमा आइन् भने जनता मावि तानसेनकी सञ्जु गाहाले २७ मिनेट ४९ दशमलव २५ सेकेण्डमा पूरा गरी तेश्रो भईन् ।