ईयूको निसानामा ट्रम्प

यदि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्टिल र आल्मुनियममा विश्वव्यापी भन्सार लागू गर्ने योजनालाई प्रयोगमा ल्याएमा युरोपेली संघले पनि अमेरिकाबाट गर्ने ३.५ अर्ब डलरको आयातमा २५ प्रतिशतको भन्सार लगाउने विमर्श गरिरहेको जनाएको छ ।
स्टिलमा २५ प्रतिशत र आल्मुनियममा १० प्रतिशतको आयात भन्सार लगाउने अमेरिकी प्रस्तावप्रति युरोपेली आयोगले दृढताका साथ प्रतिक्रिया जनाउने जनाएको छ ।
अमेरिकाको यो कदमका विरुद्धमा विश्व व्यापार संगठन (डब्लूटीओ) मा जाने विषयमा अन्यसँग आबद्ध हुने र सुरक्षाको मापन ल्याउने युरोपेली आयोगले जनाएको छ । यस किसिमको कदम २००२ मा पनि प्रयोगमा आएको थियो ।