सिटिजन्स बैंक र मल्ल होटलबीच सम्झौता

काठमाडौं– सिटिजन्स बैंक इन्टरनेसनल काठमाडौंस्थित द मल्ल होटलबीच छुट दिने सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सो सम्झौतासँगै बैंकका कार्डबाहक, प्रिभिलेज कार्ड बाहक र मोबाइल बैंकिङ ग्राहकले होटलमा १५ प्रतिशत छुट पाउनेछन् ।
यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास लिएको बैंकले जनाएको छ ।
बैंकले डिजिटल बैंकिङ माध्यमको प्रयोग बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साह गर्न समय समयमा ग्राहकमैत्री सुविधा सञ्चालनमा ल्याउँदै आएको छ ।