Logo

माछापुच्छ्रे बैंकले मनायो ग्लोबल मनि वीक

काठमाडौं– माछापुच्छ्रे बैंकले ग्लोबल मनी वीकको सन्दर्भमा विभिन्न कार्यक्रम आयोजना गरेको छ । बैंकले देशभर रहेका शाखा कार्यालयमार्फत विभिन्न प्रकारका वित्तीय साक्षरता कार्याक्रमहरु आयोजना गरेको थियो ।

बैंकले देशका ७ वटै प्रदेशमा स्थानीय स्कुल, कलेजसँग समन्वय गरेर विभिन्न तहका विद्यार्थीलाई लक्षित गर्दै अन्तरक्रिया गरी ग्लोबल मनी वीक मनाएको हो । माछापुच्छ्रे बैंकले आम ग्राहकलाई लक्षित गर्दै यसअघि पनि विभिन्न समयमा विभिन्न माध्यममार्फत वित्तीय साक्षरता कार्यक्रम आयोजना गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्