Logo

शाक्यले गरे पदभार ग्रहण


काठमाडौं– नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पदभार ग्रहण गरेका छन् ।
शाक्यलाई सोमबार मन्त्रिपरिषद् बैठकले नियुक्त गरेको थियो । उनले मंगलबार साँझ प्राधिकरणको कार्यालयमा पदभार ग्रहण गरेका हुन् । सरकारले कार्यकारी निर्देशकबाट घिसिङलाई बर्खास्त गर्दै शाक्यलाई नियुक्त गरेको थियो ।
शाक्यसँग नेपाल विद्युत् प्राधिकरण र अन्य सरकारी निकायहरूमा लामो समय काम गरेको अनुभव छ । इलाम जन्मथलो भएका शाक्य हाल ललितपुर महानगरपालिका– ११ मा बस्छन् । यसअघि उनले २०२० नोभेम्बर देखि २०२१ अगस्टसम्म प्राधिकरणको कार्यकारी निर्देशकको रुपमा काम गरेका थिए ।
यसअघि संचारमन्त्री पृथ्वीसुब्बा गुरुङले सोमबारको मन्त्रिपरिषद बैठकबाट कुलमानलाई हटाएको र उनको स्थानमा शाक्यलाई नियुक्त गरेको मंगलबारको पत्रकार सम्मेलनमा जानकारी दिएका थिए ।
मन्त्री गुरुङले घिसिङको पक्षमा सडक र सामाजिक सञ्जालमा भइरहेको विरोध प्रदर्शनलाई सरकारले सामान्य रुपमा लिएको बताएका थिए ।
सरकारका प्रवक्ता समते रहेका गुरुङले सरकारले गरेका निर्णयमा असहमति जनाउने अधिकार सबैमा हुने भन्दै त्यसलाई सरकारले अन्यथा नलिएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्