Logo

भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक पारित

काठमाडौं- संसदीय समितिले भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक पारित गरेको छ ।

मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको बैठकले भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक पारित गरेको हो त्यसअघि समितिमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदा प्रतिवेदन उपर छलफल भइ पारित गरिएको थियो ।

समितिको बैठकको निर्णय सुनाउँदै समिति सभापति सन्तोष चालिसेले समितिले भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक पारित गरेको जानकारी दिए । उनले अब प्रतिनिधि सभामा पेश गर्नका लागि सभामुखसमक्ष आग्रह गर्ने निर्णय भएको बताए ।

समितिमा लामो समयदेखि भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकउपर छलफल भइरहेको थियो । मंगलबार समितिको बैठकले उक्त विधेयक छलफलसहित पारित गरेको हो ।

प्रतिक्रिया दिनुहोस्