Logo

सिन्धु विकास बैंकले मनायो ग्लोबल मनी वीक

काठमाडौं– सिन्धु विकास बैंकको वार्षिक कार्ययोजना तथा ग्लोबल मनी वीकको अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकको बनेपा र नारायणगढ शाखाले विभिन्न विद्यार्थीलाई वित्तीय साक्षरताबारे जानकारी गराएको हो ।

कार्यक्रममा बैंकका तर्फबाट बचत, कर्जा, लगानी, खर्च, बजेट, वित्तीय सेवा लगायत डिजिटल बैंकिङ प्रणालीको उपयोग, चुनौती तथा सुरक्षा जस्ता विषयवस्तुका बारेमा विद्यार्थीलाई जानकारी गराइएको थियो ।

सिन्धु विकास बैंक नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजतपत्र प्राप्त क्षेत्रीय विकास बैंक हो । काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, चितवन तथा मकवानपुर गरी जम्मा पाँच जिल्लाको कार्यक्षेत्र स्वीकृति रहेको बैंकको २६ वटा शाखा सञ्चालनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्