सांग्रिला डेभलपमेन्ट बैंककाे वित्तीय साक्षरता

काठमाडौं– ग्लोवल मनि विकको अवसरमा सांग्रिला डेभलपमेन्ट बैंक ले विभिन्न कार्यक्रम सञ्चालन गरेको छ । यस अवसरमा सातै प्रदेशमा रहेका यस बैंकका शाखाले विद्यालय तथा क्याम्पसका विद्यार्थीका साथै आम नागरिकलाई वित्तीय साक्षरता सम्बन्धि जानकारी प्रदान गरेको छ ।
बैंकको औचित्य ब्याजदर, कर्जा, रेमिट्यान्स, डजिटल बैंकिङ, पिन नम्बर, ओटीपी तथा पासवर्ड र यसको सुरक्षाका साथै बचत, लगानी, तथा बैंकसँग कारोबार गर्दाका फाइदा लगायतका विषयमा तालिम सञ्चालन गर्नुका साथै जनचेतनामूलक र्याली पनि आयोजना गरेको छ । यस अवसरमा बैंकले सामाजिक सञ्जालबाट समेत चेतनामूलक विभिन्न श्रव्यदृष्य सामग्रीको प्रचार प्रसार गरिएको छ ।