कुलमान बर्खास्त, हितेन्द्रदेव नियुक्त

काठमाडौं- सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले कुलमान घिसिङलाई हटाएर शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको हो।
कुलमानलाई तीनपल्ट स्पष्टीकरण सोधेर हटाइएको हो।
घिसिङलाई २०७८ साउन २५ को मन्त्रिपरिषद् बैठकले प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो। उनी २०८२ साउन २४ सम्मका लागि नियुक्त भएका थिए।
विगतमा पनि शाक्य प्राधिकरणको कार्यकारी निर्देशक बनेका थिए।