सिटिजन्स बैंकद्वारा ‘ग्लोबल मनी विक’मा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं- सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ग्लोबल मनि विकमा वित्तीय साक्षरताका विभिन्न कार्यक्रम सम्पन्न गरेको छ । ‘थिंक बिफोर यु फलो, वाइज मनी टुमरो’ भन्ने मूल नाराका साथ चैत ४ देखि सुरु भएको कार्यक्रम १० गते सम्पन्न भएको हो ।
ग्लोबल मनी विकअन्तर्गत बैंकले कोशी प्रदेशको भोजपुर, महेन्द्रचोक विराटनगर, बिर्तामोड, इटहरी, कर्सिया र सहिदभूमि, मधेश प्रदेशको वीरगन्ज, निजगढ, बोदेबर्साइन र जनकपुर, बागमती प्रदेशको भरतपुर, भैँसेपाटी, मनहरी, मंगलपुर, चरिकोट, नारायणगढ, नारायणगोपाल चोक, धुमबाराही, ग्वार्खो, नयाँबजार, हरिहरपुरगढी, ज्यामिरे, टाँडी, कुलेश्वर, टेकु, लामबगर, डिल्लीबजार र सिन्धुलीमा कार्यक्रम गरेको हो ।
यसैगरी, गण्डकी प्रदेशको अमरापुरी, धारापानी बागलुङ, चामे, दमौली, कावासोती र कोल्हुवा, लुम्बिनी प्रदेशको तुलसीपुर, जितपुर, कालिकानगर, मनिग्राम, ओडारी, कोहलपुर र सुख्खानगर, कर्णाली प्रदेशको जाजरकोट, जुम्ला, जुफल, सिमीकोट र नाम्खामा तथा सुदूरपश्चिम प्रदेशको ढकारी र पाटनमा विभिन्न वित्तिीय साक्षरताका कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा उपस्थित युवा तथा विद्यार्थी वर्गमा वित्तीय साक्षरताको आवश्यकता र महत्त्वबारे विस्तृत प्रकाश पारिएको बैंकले जनाएको छ । यससँगै वित्तीय साक्षरताको अवस्था र विद्युतीय बैंकिङको विकाससँगै बढेको अपराध र जोखिमबारे समेत जानकारी गराइएको थियो ।