प्रधानाध्यापकमाथि यौन दुव्र्यवहारको आरोप «

प्रधानाध्यापकमाथि यौन दुव्र्यवहारको आरोप

विराटनगरस्थित एक मदरसाका प्रधानाध्यापकमाथि यौन दुव्र्यवहारको आरोप लागेको छ ।
प्रधानाध्यापकले आफूहरुलाई यौन दुव्र्यवहार गरेको मदरसामा अध्ययनरत दुई छात्राले आरोप लगाएका छन् । विराटनगर–८ अशोकचोकमा रहेको मदरसा रजाए मुस्तफा प्राथमिक विद्यालयमा अध्ययनरत दुई छात्राले प्रधानाध्यापकबाट यौन दुव्र्यवहारको शिकार भएको बताए । मदरसाका प्रधानाध्यापकसमेत रहेका मोलवी अमिरुद्दिनबाट यौन दुव्र्यवहार भएकाले कारबाही गर्न छात्राका आफन्तहरूले माग गरेका छन् मोलवी अमिरुद्दिनले माघ ७ गते र माघ ८ गते गरी मदरसामा अध्ययनरत कक्षा ५ र ६ का दुईजना छात्रालाई यौन दुव्र्यवहार गरेको आरोप लागेको छ । मदरसामा अध्ययन गर्ने क्रममा गृहकार्य सुनाउन कोठामा जाँदा मोलवी अमिरुद्दिनले भित्रबाट कोठाको चुकुल लगाएर यौन दुव्र्यवहार गरेको पीडित छात्राको भनाइ छ ।
माघ ८ गते बुधबार यौन दुव्र्यवहार भएपछि पीडित छात्रा बिहीबार मदरसा जान मानेकी थिइनन् । उनकी आमाले मदरसा जानैपर्ने जोड गरेपछि पीडित बालिकाले आमालाई मोलवीले गरेको दुव्र्यवहारको विषयमा जानकारी गराएपछि घटना सार्वजनिक भएको हो । मोलवी अमिरुद्दिले यसअघि माघ ७ गतेसमेत आफ्नै मदरसामा अध्ययनरत अर्की १४ वर्षीया छात्रालाई समेत यौन दुव्र्यवहार गरेको खुलासा भएको छ । दैनिक ६ बजेदेखि ८ बजेसम्म चल्ने मदरसामा माघ ७ गते मंगलबार अध्ययन गर्न गएकी अर्की छात्रालाई समेत अमिरुद्दिनले सुन्तला खान दिने प्रलोभन दिएर कार्यालय कोठामा लगेर दुव्र्यवहार गरेको पीडित छात्राले बताइन् ।
२०६४ सालदेखि सो मदर्सामा अध्यापन गराउँदै आएका अमिरुद्दिनले छात्राहरूलाई यसअघि पनि पटकपटक यौन दुव्र्यवहार गर्दै आएको स्थानीयले बताएका छन् । कयौं पटक घटना घटाए पनि स्थानीयस्तरमै मिलापत्र गरेर घटना ढाकछोप गरिएको स्थानीयले दाबी गरेका छन् । घटनाको विषयमा पीडित पक्षले जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दर्ता गराएका छन् । उजुरी आएको पुष्टि गर्दैै मोरङ प्रहरीका प्रवक्ता डिएसपी लोकदर्शन थापाले आरोपीविरुद्ध बाल यौन दुव्र्यवहारको मुद्दा अघि बढाउने बताए । पीडकको खोजी सुरु भइसकेको उनले जनाए ।

प्रतिक्रिया दिनुहोस्