Logo

महालक्ष्मी विकास बैंकको ‘नेपाल दसैँ अभियान’ विजेता घोषणा

काठमाडौं- महालक्ष्मी विकास बैंकले सञ्चालन गरेको ‘नेपाल दसैँ अभियान २०२४’ का विजेताहरू घोषणा गरिएको छ । दसैँमा हुने आर्थिक कारोबारलाई डिजिटल भुक्तानीको माध्यमहरूबाट गराउने तथा डिजिटल भुक्तानीका माध्यमहरूको अधिकतम प्रयोग होस् भन्ने उद्देश्यअनुरूप सञ्चालन गरिएको अभियानअन्तर्गत महालक्ष्मी भिसा कार्डमार्फत कारोबार गरेका विजेताहरू घोषणा गरिएको हो ।

उक्त अभियानका विजेतहरू नारायण कार्की र सन्तोषध्वज कार्की रहेका छन् । यसअन्तर्गत विजेताहरूले माल्दिभ्सको बाली वा श्रीलंकाको कोलम्बोमध्ये कुनै एक स्थानको विशेष भ्रमण गर्ने अवसर प्राप्त गर्नेछन् । बैंकले हालै ग्राहकहरूलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ सुविधा उपलब्ध गराउने नीतिबमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै ‘महालक्ष्मी स्मार्ट साथी’ सञ्चालनमा ल्याएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्