Logo

कोमात्सुको एक्स्काभेटर सार्वजनिक

विराटनगर– निर्माण क्षेत्रमा प्रयोग हुने विभिन्न हेभी इक्विप्मेन्टअन्तर्गत कोमात्सु कम्पनीको नयाँ मोडलको एक्स्काभेटर मोरङको विराटचोकमा औपचारिक रुपमा सार्वजनिक गरिएको छ । नेपालका लागि कोमात्सु हेभी इक्विप्मेण्टको आधिकारिक बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालि र राउत कन्ट्रक्सन सर्भिसेज प्रालिले अत्याधुनिक स्याटेलाइट मोनिटरिङ प्रणालीसहितको पीसी२०५–१० एमजिरो मोडलको एक्स्काभेटर सार्वजनिक गरेको हो ।

मोरङको विराटचोकमा आयोजित कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका कोशी प्रदेश अध्यक्षसमेत रहेका राउत कन्ट्रक्सन सर्भिसेज प्रालिका अध्यक्ष राजेन्द्र राउत र कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिका अध्यक्ष सुहृदयराज घिमिरेले सार्वजनिक गरे । सार्वजनिक गरिएको नयाँ मोडलको एक्स्काभेटर इन्धन खपतमा किफायती र उच्चतम् कार्य क्षमताको भएको कम्पनीले जनाएको छ ।

कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिका कार्यकारी निर्देशक टंकप्रसाद भट्टका अनुसार कोमात्सु पीसी२०५–१० एमजिरो बलियो, इन्धन कम खपत गर्ने र नेपालको जुनसुकै भूगोलका लागि सुहाउँदो हाइड्रोलिक उत्खनन्कर्ता एक्स्काभेटर हो । जुन मेसिन नेपालको निर्माण क्षेत्रको आवश्यकताहरू पूरा गर्नेगरी नयाँ डिजाइन गरिएको उनले बताए । यो मेसिनको सुरुको लागत र त्यसपछिको सञ्चालन खर्च पनि अविश्सनीय किफायती रहेको कम्पनीको भनाइ छ ।

नेपालको पूर्वाधार क्षेत्रमा जुनसुकै भूगोलमा पनि यो उपकरण बरदान सावित हुने कम्पनीको दावी छ । कोमात्सु हेभी इक्विप्मेन्ट श्रेणीमा विश्वभर ख्याति कमाएको जापानिज कम्पनी हो । यो कम्पनीले भारतसहित दक्षिण एसियाली मुलुकको निर्माण क्षेत्रको आवश्यकता पूरा गर्नका लागि चेन्नईमा एसेम्बलिङ प्लान्ट राखेको छ । जसले गर्दा लामो दुरीको ढुवानी खर्च कम भई मेसिनको डेलिभरीसमेत छिटो हुने गरेको कम्पनीले जनाएको छ ।

मुख्य इन्जिन भने प्यारेन्ट कम्पनीबाटै आउने भएकाले संसारभरि नै कोमात्सु कम्पनीका हेभी इक्विप्मेन्टका उपकरणहरूको गुणस्तर समान हुने कम्पनीको भनाइ छ । सार्वजनिक गरिएको नयाँ उपकरण पीसी२०५–१०एमजिरो मोडलको एक्स्काभेटर नेपाली सडकको औसत क्षमताअनुसार २१ टनको हो । यो उपकरण हेभी ड्यूटीका जुनसुकै काममा प्रयोग गर्न सकिने कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिका कार्यकारी निर्देशक टंकप्रसाद भट्टले बताए ।

प्रतिक्रिया दिनुहोस्