होटल मक्र्याेरमा इटालियन रेष्टुरेन्ट

काठमाडौं– होटल मक्र्याेर काठमाडौंमा इटालियन रेस्टुरेन्ट ‘सोप्रा इटालियानो’ खुलेको छ । होटल सुकेधार हाइट्समा छ । यो रेष्टुरेन्टमा इटालीका विभिन्न स्वादका खानाहरु उपलब्ध रहेको जनाइएको छ ।
रेष्टुरेन्टमा अतिथिहरूले हातले बनाएका पिज्जा, ताजा घरमै बनाइएका पास्ता, र समृद्ध इटालियन मिठाईको स्वाद लिन सक्ने छन् । यी सबै परिकार उच्च गुणस्तरका सामग्रीबाट तयार पारिने जनाइएको छ । नेपालका लागि फ्रान्सेली राजदूत भर्जिनी कोर्टेभलले उद्घाटन गरेको यो रेस्टुरेन्ट आउटलेट इटालियन खानाका पारखीका लागि नयाँ र उत्कृष्ट गन्तव्य बन्ने अपेक्षा गरिएको छ ।
रेस्टुरेन्टको वातावरणले परम्परागत इटालियन आकर्षणलाई आधुनिक परिष्कृततासँग मिश्रण गर्दै, रोमान्टिक डिनर, पारिवारिक जमघट र विशेष उत्सवका लागि उपयुक्त स्थल सिर्जना गर्ने बताइएको छ । ‘हामी काठमाडौंमा वास्तविक इटालियन स्वाद ल्याउन पाउँदा निकै उत्साहित छौं । स्वादिष्ट परिकारलाई प्रत्यक्ष रूपमा अवलोकन गर्ने अवसर दिने हाम्रो लाइभ किचेनमार्फत एक विशेष भोजन अनुभव प्रदान गर्न चाहन्छौं’ होटलका महाप्रबन्धक विजय नान्मरनले भने ।