प्रोटोनको इ मास ७ सार्वजनिक

काठमाडौं– प्रोटोनले अत्यधिक प्रतीक्षित विद्युतीय सवारी साधन प्रोटोन इ मास ७ लाई नेपालमा आधिकारिक रूपमा सार्वजनिक गरेको घोषणा गरेको छ । यो नवप्रवर्तनकारी मोडेलले हरियो र स्मार्ट मोबिलिटीको नयाँ युगको प्रतिनिधित्व गर्ने बताइएको छ ।
यसले नेपालमा वातावरणमैत्री यातायात समाधानको बढ्दो माग पूरा गर्न तयार रहेको बताइएको छ । नेपाल स्थायी भविष्यतर्फ अघि बढिरहेकाले प्रोटोन इ मास ७ का दुई भेरियन्ट– प्राइम र प्रिमियममा सार्वजनिक गरिएको छ, जसको मूल्य ५६ लाख ९९ हजारदेखि सुरु हुन्छ ।
यो सवारी साधन छ वटा आकर्षक रंगमा उपलब्ध छ । प्रोटोन इ मास ७ दुई ट्रिम लेभलहरू प्राइम र प्रिमियममा उपलब्ध छ र पाँच रंगमा आउँछ; प्लाटिनम सिल्भर, टक्र्वोइज ग्रीन, स्लेट ग्रे, क्वाट्र्ज रोज र लिथियम ह्वाइट ।
नेपालमा विद्युतीय सवारी साधनको पूर्वाधार र सरकारबाट प्राप्त प्रोत्साहनहरू विस्तार भइरहेका सन्दर्भमा, प्रोटोनले नेपालको हरित क्रान्तिमा आफ्नो योगदान दिन प्रतिबद्ध रहेको बताइएको छ ।