चीनको छोङछिङमा हिमालयको उडान «

चीनको छोङछिङमा हिमालयको उडान

नेपाल–चीन संयुक्त लगानीमा सञ्चालित हिमालय एयरले चीनको काठमाडौं–छोङछिङ सीधा उडान सेवा सुरु गरेको छ । चिनियाँ नयाँ वर्षको पूर्वसन्ध्याको अवसर पारेर हिमालयले बिहीबारदेखि छोङछिङ सहरमा उडान सुरु गरेको हो । नेपालबाट छोङछिङ सीधा उडान सेवा भर्ने हिमालय एअरलाइन्स नै पहिलो कम्पनी हो । सीधा हवाई सेवा सुरु भएसँगै आगामी दिनमा दुबै सहरमा पर्यटकीय आवागमनमा उल्लेख्य टेवा पुग्ने विश्वास लिइएको छ । हिमालयन एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानमा एयरलाइन्सको यो १० औं तथा चीनका सहरमा ५ औं गन्तव्यमा उडान भरेको हो ।
कम्पनीले ल्हासामा चाँडै छैटौं गन्तव्यको रूपमा उडान गर्दैैछ । अक्टोबर २०१९ मा काडमाडौ—बेइजिङ उडान थालेपछि हिमालय एअरलाइन्सले चीनका अन्य सहरहरू गुयाङ, चाङ्सा र सेन्जेनमा उडान गरेको थियो । काठमाडौ—छोङछिङ सीधा उडानबाट ब्यापारिक भिषामा ओहोरदोहर गर्ने तथा छोटो समय घुम्न हिंड्ने पर्यटकका लागि नयाँ विकल्प प्रदान गरेको कम्पनीले जनाएको छ । त्रिभुवन विमानस्थलमा आयोजित एक बिशेष समारोहबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले काठमाडौ—छोङछिङ सीधा उडानको बिहीबार औपचारिक उद्घाटन गरे । मन्त्री भट्टराईले नेपाल र चीनको द्विपक्षीय सम्बन्ध विस्तारका लागि कनेक्टिभिटी नै महत्वपूर्ण रहेको बताए । उनले भने, “हिमालय एयरलाइन्सको सेवा विस्तारबाट नेपाल र चीनबीचको पर्यटन क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्नेछ ।”
बिहीबारै यसबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नेपालका लागि चिनियाँ राजदूत होउ याङ्चीले हिमालयन एयरलाइन्सको चोङसिङ उडानले दुई देशबीचको सम्बन्ध थप सुमधुर बनाउन सहयोग पुग्ने बताइन् । उनले भनिन्, “दुई देशका जनता र संस्कृतिलाई अझ मजबुत बनाउंदै पर्यटन र व्यापार अभिवृद्धि गर्न सक्छ ।” हिमालय एअरलाइन्सले ४ हजार २४२ जनाभन्दा बढी चिनियाँ यात्रुलाई चीनका चार सहरबाट नेपाल ल्याइसकेको कम्पनीले जनाएको छ ।
हिमालय एअरलाइन्सका अध्यक्ष झाउ इनयोङ्ले “हवाई कनेक्टिभिटीका माध्यमबाट अझ बढी चिनियाँ पर्यटक नेपाल भित्रिन सकुन् भन्ने हाम्रो लक्ष्य छ ताकि नेपालको फस्टाउँदो पर्यटन क्षेत्रको विकासमा टेवा पुग्नसक्ने बताए ।” हाल हिमालयन एयरलाइन्सले चीनका ५ वटा गन्तव्यसँगै हिमालयले अबुधाबी, दमाम, दोहा, ढाका, क्वाला लम्पुर, बेइजिङ, गुइयाडं, चाङ्ग्सा, शेन्जेङ र छोडंछिड्मा उडान सेवा भर्दै आएको छ । निकट भविष्यमा नाङचाङ र साङ्घाइ पहिलो चरणमा र त्यसपश्चात अलि र ल्हासामा विस्तार गर्ने एअरलाइन्सका प्रशासन उपाध्यक्ष विजय श्रेष्ठ बताए । श्रेष्ठले एअरलाइन्सले २०२० सम्म तीन ए–३१९ जहाज खरीद गर्ने योजना रहेको र श्रीलंकाको कोलम्बो, यूएइको दुबईमा समेत उडान भर्ने योजना कम्पनीले जनाएको छ ।

४२ सय यात्रु ल्यायो
अक्टोबरमा बेइजिङतर्फ उडान सुरु भएपछि हिमालय एअरलाइन्सले ४ हजार २ सय ४२ जनाभन्दा बढी चिनियाँ यात्रुलाई चीनका चार सहरबाट नेपाल भ्रमणको लागि आएका छन् । हिमालयन एयरले सन् २०१९को अक्टोबरबाट हालसम्म नेपालमा चिनियाँ पर्यटक ल्याइसकेको जनाएको छ ।
चिनियाँ पर्यटकको नेपालमा आगमन पनि बढ्दै गएको छ । उनीहरू बिशेष गरी बिदाका बेला नेपालमा घुम्न आउने गरेका छन् । चीन नेपालको दोश्रो ठूलो पर्यटन बजार बनेको छ । सन् २०१९ मा लगभग १लाख ७० हजार चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेको थिए । जुन सन् २०१८ मा भन्दा झन्डै ११ प्रतिशतले बढी हो । यसरी व्यापक चिनियाँ पर्यटकको आगमनबाट नेपालको पर्यटन क्षेत्रमा विशेष सहयोग पुग्ने देखिन्छ । सन् २०१९ मा नेपालको कुल पर्यटक आगमनमा चीनको करिब १५ प्रतिशत हिस्सा रहेको अध्यागमन विभागको तथ्यांकले देखाएको छ । ८ बिजनेस क्लास र १५० इकोनोमी क्लास सीट भएका ए ३२०–२१४ सिरिजका ३ वटा न्यारो–बडी विमानले उडान भदैं आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्