नेपाल एसबिआईको वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं– नेपाल एसबिआई बैंक न्युरोड शाखाले विश्व वित्तीय सप्ताह २०२५ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । डिएभी कलेज ललितपुरमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
उज्जवल भविष्यको लागि आर्थिक ज्ञान र सिपद्वारा आगामी पुस्तालाई सशक्त बनाउने उद्देश्यका साथ कार्यक्रम गरिएको संस्थाले जनाएको छ । कार्यक्रममा स्नातक तह व्यवस्थापन संकायका विद्यार्थीको सहभागिता थियो । कार्यक्रममा नेपाल एसबीआई बैंक न्युरोड शाखाको शाखा प्रबन्धक तेजबहादुर थापाले विद्यार्थीलाई प्रशिक्षण दिएका थिए ।
हरेक वर्ष मार्च महिनामा साताव्यापी रूपमा मनाइने ग्लोबल मनी विकको यो तेह्रौं संस्करण हो । सन् २०१२ देखि प्रत्येक वर्ष विश्वव्यापी रूपमा यो अभियान सञ्चालन हुँदै आएको छ । राष्ट्र बैंकको संयोजनमा सन् २०१३ देखि नेपालमा ग्लोबल मनी विक मनाउँदै आएको छ ।