विश्व पानी दिवसमा सिद्धार्थ बैंकको प्रभातफेरि

काठमाडौं– विश्व पानी दिवसको अवसरमा सिद्धार्थ बैंकले प्रभातफेरि कार्यक्रम आयोजना गरेको छ । बैंकले विश्व पानी दिवसको अवसरमा पहिलो पटक आयोजना गरेको यो कार्यक्रम आयोजना गरेको हो ।
दिगो विकासका लक्ष्यलाई आत्मसात गर्दै आफ्नो बैंकिङ कारोबार तथा प्रक्रियालाई सोही अनुरुप गर्दै आएको बैंकको दावी छ । यसै क्रममा बैंकले पर्यावरणीय, सामाजिक तथा सुशासनका मान्यता अवलम्बन गरी वित्तीय सेवामा दिगोपन सुनिश्चित गर्न विविध नीति तथा कार्यक्रमसमेत लागू गरिसकेको बताइएको छ ।
हरित वित्त, आधुनिक डिजिटल बैंकिङ तथा सामाजिक उत्तरदायित्वका पहलमार्फत बैंक वित्तीय पहुँच विस्तार गर्न सधैं तयार रहेको छ भने पुनर्नवीकरणीय उर्जा, वातावरणमैत्री लगानी तथा जिम्मेवार बैंकिङ अभ्यासलाई प्राथमिकता दिँदै, दिगो आर्थिक वृद्धिमा योगदान पुर्याउन पनि प्रतिवद्ध रहेको बैंकले जनाएको छ ।