एनसेलले ल्यायो पर्यटकका लागि ‘टुरिस्ट सिम’

विश्वका विभिन्न देशहरूबाट नेपाल भ्रमणमा आउने पर्यटकले अब एनसेलको नयाँ योजना ‘टुरिस्ट सिम’मार्फत कम्पनीका विशेष सेवाहरूबाट फाइदा लिन सक्नेछन् । एनसेल प्रालिले नेपाल भ्रमण वर्ष–२०२० को अवसरमा ल्याएको योे योजना बुधबारबाट सञ्चालनमा आएको छ । यस योजनाअन्तर्गत भ्रमणमा आएका विदेशी पाहुनाले सजिलै टुरिस्ट सिम लिएर सबै नेटवर्कमा कल गर्न मिल्ने अल नेटवर्क टक टाइम र डेटा बन्डलिङ गरिएको प्याकहरू लिन सक्ने कम्पनीले जनाएको छ ।
नेपाल भ्रमणमा आएका कुनै पनि पर्यटकले करसहित मात्र १ सय रुपैयाँमा टुरिस्ट सिमसहितको स्टार्टर प्याकलिन सक्छन् । यो प्याकमा पर्यटकले ३० रुपैयाँ मेन ब्यालेन्स र तीन दिन समयावधि भएको १ जीबी डेटा पाउँछन् । यो सिमको विशेषता भनेको यसमा पेयज युयो रेट लागू हुँदैन र पर्यटनहरूले आफ्नो नेपालको बसाइ र सेवाको आवश्यकता बमोजिम अल नेटवर्क भ्वाइस र डेटा सेवा बन्डल गरिएको तीनदेखि ३० दिनसम्म समयसीमा रहेका विभिन्न पाँच कम्बो प्याकमध्ये कुनै एक प्याकलिन सक्छन् ।
पर्यटकहरूको सञ्चार सेवाको आवश्यकतालाई ध्यानमा राखी तयार पारिएका कम्बो प्याकहरूमा तीन दिने प्याकको करसहित २ सय ९० रुपैयाँ पर्छ र यसमा ३० मिनेट अल नेटर्वक भ्वाइस र ३ जीबी डेटा भोल्युम हुन्छ । ७ जीबी डेटा र ७० मिनेट अल नेटवर्क भ्वाइस रहेको ७ दिने प्याकको करसहित ४ सय ९० रुपैयाँ तोकिएको छ भने करसहित ९ सय ८० रुपैयाँ पर्ने १४ दिने प्याकमा पर्यटकले १४ जीबी डेटा र १ सय ४० मिनेट अल नेटवर्क भ्वाईस बण्डल गरिएको प्याकलिन सक्छन् ।
अलिलामो समयको लागि नेपाल भ्रमणमा आउने पर्यटकले २८ दिने प्याकवा ३० दिने कम्बो प्याकलिन सक्छन् । २८ दिने प्याकअन्तर्गत पर्यटकले करसहित १ हजार ४ सय ७० रुपैयाँमा २८ जीबी डेटा र २ सय ८० मिनेट अल नेटवर्क भ्वाइस सेवाप्राप्त गर्नेछन् । त्यसैगरी ३० दिने प्याकअन्तर्गत करसहित २ हजार ८ सय ८८ रुपैयाँमा ८८ जीबी डेटा र ८ सय ८८ मिनेट अल नेटवर्क भ्वाइस सेवा पाउनेछन् । पर्यटकले ‘टुरिस्ट सिम’ योजनाको कम्बो प्याकसिमलिई सकेपछि एस्ट्रिक्स १७१०५ह्यास डायल गरी प्राप्त निर्देशनअनुसार सुचारु गर्न सक्नेछन् । विश्वका विभिन्न देशहरूबाट नेपाल भ्रमणमा आउने पर्यटकहरूका लागि अल नेटवर्क टक टाइम रहेको भ्वाइस र डेटा सेवा बन्डल गरी नयाँ ‘टुरिस्ट सिम’ योजना सञ्चालनमा ल्याउन पाएकोमा कम्पनी हर्षित रहेको एनसेलले जनाएको छ ।