Logo

डेभलपमेन्ट बैंकर्स एशोसिएसनको अध्यक्षमा श्रेष्ठ

काठमाडौं– डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ दोहोरिएका छन् । एशोसिएसनको बिहीबार सम्पन्न १९औं वार्षिक साधारण सभाले श्रेष्ठलाई दोस्रो कार्यकालका लागि सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।

उपाध्यक्षमा कामना सेवा विकास बैंकका सीईओ दिनेश थकाली, सचिवमा गरिमा विकास बैंकका सीईओ माधवप्रसाद उपाध्याय र कोषाध्यक्षमा ज्योति विकास बैंकका सीईओ कपिल ढकाल चयन भएका छन् । सदस्यमा नरेशसिंह बोहरा, प्रकाश पौडेल, दिपेश लम्साल, हरिबहादुर बुढाथोकी र दिनेश पोखरेल चयन भएका छन् । साधारणसभाले गत आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्