माछापुछ्रे क्यापिटलले अनुमति पायो «

माछापुछ्रे क्यापिटलले अनुमति पायो

 चेम्बर भवन, जमल, काठमाडौंमा मुख्य कार्यालय रहेको माछापुछ्रे क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) को रूपमा धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन र संस्थागत परामर्श सेवाको कार्य गर्न अनुमति प्राप्त गरेको छ ।
अनुमतिपश्चात माछापुछ्रे बैंकको पूर्ण स्वामित्व रहेको सहायक कम्पनी माछापुछ्रे क्यापिटल लिमिटेड पनि मर्चेन्ट व्यवसायमा प्रवेश गरेको कम्पनीले जनाएको छ । चुक्तापुँजी २० करोड रहेको माछापुछ्रे क्यापिटलले उपरोक्त सेवाहरु प्रदान गर्नका लागि सम्पूर्ण तयारी गरिसकेको र निकट भविष्यमा सेवा सुचारु गर्ने बेहोरा क्यापिटलका अध्यक्ष सन्तोष कोइरालाले जानकारी गराए ।
यस संस्थाले निक्षेप सदस्यको रुपमा सेवाप्रदानगर्नुका साथै भविष्यमा म्युचयल फन्ड, भेन्चर क्यापिटल, प्राइभेट इक्विटीलगायतका सेवाहरु प्रदान गर्नेसमेत जानकारी उनले गराए ।

 

प्रतिक्रिया दिनुहोस्