Logo

होटल तथा पर्यटन व्यवसायी संघ बागमती प्रदेशको नयाँ कार्यसमिति

काठमाडौं– होटल तथा पर्यटन व्यवसायी संघ नेपाल, बागमती प्रदेशको नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ । चरिकोटमा सम्पन्न संघको पाँचौं साधारणसभा तथा तेस्रो अधिवेशनले अध्यक्षमा दामोदर नेपालसहित सम्पूर्ण पदाधिकारी तथा कार्यसमिति सदस्यहरु निर्विरोध चयन गरेको हो ।

अध्यक्षमा नेपाल निर्विरोध भएका छन् भने वरिष्ठ उपाध्यक्षमा श्यामकुमार श्रेष्ठ, प्रथम उपाध्यक्षमा निप्पु सर्राफ र द्वितीय उपाध्यक्षमा राजकुमार श्रेष्ठ निर्विरोध चयन भएका छन् । यसअघि चित्लाङमा सम्पन्न संघको दोस्रो अधिवेशनबाट अध्यक्षमा निर्वाचित नेपाल, वरिष्ठ उपाध्यक्ष श्रेष्ठ, प्रथम र द्वितीय उपाध्यक्षद्वय सर्राफ र श्रेष्ठ सोही पदमा दोहोरिएका हुन् । संघको महासचिवमा सुनिल अर्याल निर्विरोध चयन भएका छन् ।

यसअघि महासचिवमा राजकुमार प्याकुरेल रहेका थिए । यसैगरी सचिवमा गोपाल सापकोटा, सहसचिवमा रामकृष्ण बस्नेत, कोषाध्यक्षमा विनोद लामिछाने र सहकोषाध्यमा ललितजंग सिंह निर्विरोध चयन भएका छन् । कार्यसमिति सदस्यमा रामशरण गजुरेल, बालकृष्ण भट्ट, तुलसी पौडेल, हेमबहादुर श्रेष्ठ, अन्जनकुमार खड्का, बोदप्रसाद लोहनी, टीकाबहादुर तामाङ, अमृत बहादुर श्रेष्ठ र सरोजकुमार तामाङ निर्विरोध चयन भएका छन् ।

विधान अनुसार संघको केन्द्रिय कार्यसमिति २१ सदस्यीय रहने व्यवस्था छ । पदाधिकारीसहित १८ जना प्रत्यक्ष निर्वाचित हुन्छन् भने तीन जना सदस्य निर्वाचित कार्यसमितिले मनोनयन गर्ने व्यवस्था रहेको छ । सोही व्यवस्था अनुसार नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले बाँकी तीन सदस्य मनोनयन गर्ने अध्यक्ष नेपालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्