Logo

फोनपेकाे डिजी स्मार्ट नेपाल अभियान

काठमाडौं– फोनपेले ग्लोबल मनी विक २०२५ को अवसरमा फोनपे डिजी स्मार्ट नेपाल अभियान सञ्चालन गरिरहेको छ । यस अभियानको उद्देश्य नेपालभर डिजिटल वित्तीय साक्षरताको प्रवर्द्धन गर्नुका साथै डिजिटल भुक्तानीलाई सुरक्षित, सरल र पहुँचयोग्य बनाउनु हो ।

अभियानले डिजिटल वित्तीय प्रणाली प्रति नागरिकहरूको विश्वास अभिवृद्धि गर्दै डिजिटल भुक्तानीको सही प्रयोग, सुरक्षाका उपायहरू, र यसको फाइदाबारे जानकारी प्रदान गर्ने फोनपेले जनाएको छ । फोनपे डिजी स्मार्ट नेपाल अभियानअन्तर्गत डिजिटल वित्तीय साक्षरता र जन चेतना प्रवर्द्धन गर्न विभिन्न कार्यक्रम आयोजना गरिनेछन् ।

तिनमा कलेजहरूमा स्क्रिप्ट ड्रामा, डिजिटल सचेतना क्विज प्रतियोगिता, सामाजिक प्रयोग, वित्तीय विज्ञहरूसँग प्रश्नोत्तर आदि पर्दछन् । यसमार्फत डिजिटल भुक्तानीको सहजता र सुरक्षाबारे जनचेतना फैलाइनेछ । त्यसैगरी यस अवधिभरि डिजिटल माध्यमलाई व्यापक रूपमा अपनाई डिजिटल भुक्तानीलाई प्राथमिकता दिने व्यवसायीलाई विशेष प्रोत्साहन प्रदान गरिने छ ।

यसका साथै फोनपेले सेयर गर र जित प्रतियोगिता पनि आयोजना गर्ने जनाएको छ । यसमा सहभागी भई एक भाग्यशाली विजेताले ५० हजार रुपैयाँ जित्ने अवसर प्राप्त गर्न सक्नेछन् । यस प्रतियोगितामा भाग लिन डिजिटल भुक्तानीले आफ्नो जनजीवनलाई सहज बनाएको कुनै अनुभव साझा गरी फेसबुक, इन्स्टाग्राम वा टिकटकमा भिडियो पोस्ट गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्