Logo

सिन्धु विकास बैंकको वित्तीय साक्षरता

काठमाडौं– सिन्धु विकास बैंक वार्षिक कार्ययोजना तथा ग्लोबल मनी वीक कार्यक्रम अन्तर्गत काभ्रेको पनौतीमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । बैंकले पनौती नगरपालका–८ मा रहेको तेजगंगा बहुमुखी क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ ।

क्याम्पसका कक्षा ११ र १२ का ७५ जना विद्यार्थीलाई बचत, कर्जा, लगानी, खर्च, बजेट, वित्तीय सेवालगायत डिजिटल बैंकिङ प्रणालीको उपयोगका बारेमा जानकारी इिएको छ । यसैगरी वित्तीय सुरक्षा र चुनौतीलगायतका विषयमा विद्यार्थीलाई जानकारी गराइएको थियो ।

सिन्धु विकास बैंक नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजतपत्र प्राप्त क्षेत्रीय विकास बैंक हो । काभ्रे, सिन्धुपाल्चोक, दोलखा, चितवन तथा मकवानपुर गरी पाँच जिल्लाको कार्यक्षेत्र स्वीकृति रहेको बैंकका २६ वटा शाखा सञ्चालनमा छन् ।

प्रतिक्रिया दिनुहोस्