Logo

कुमारी बैंकको वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं– ग्लोबल मनी वीक २०२५ को अवसरमा कुमारी बैंकले सबै प्रदेशका विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । ग्लोबल मनी वीकको थिम अनुसार नै बैंकले देशभर वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिरहेको छ ।

डिजिटल वित्तीय सेवाहरूको बढ्दो प्रयोग, नयाँ प्रविधिको प्रयोले थपिएका चुनौतीले सर्वसाधारणमा पार्ने प्रभावका बारेमा जानकारी गराइइको छ । त्यसैगरी युवालाई सही वित्तीय जानकारी छनोट गर्न चुनौतीपूर्ण बनाइरहेको सन्दर्भमा बैंकले वित्तीय साक्षरता कार्यक्रम गरेको हो ।

कार्यक्रम अन्तर्गत, सहभागीलाई बैंकिङ प्रणाली, डिजिटल भुक्तानी, कर्जाको उचित व्यवस्थापन तथा दीर्घकालीन वित्तीय योजनाबारे जानकारी दिइएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्