Logo

लुम्बिनीमा १ अर्ब २४ करोड राजस्व

दाङ– लुम्बिनी प्रदेशले चालु आर्थिक वर्ष २०८१/८२ को ८ महिनामा लक्ष्यको २६.३८ प्रतिशत राजस्व संकलन गरेको छ । फागुन मसान्तसम्ममा वार्षिक लक्ष्यको २६.३८ प्रतिशत आन्तरिक राजस्व संकलन भएको प्रदेश लेखा नियन्त्रक कार्यालयका वरिष्ठ लेखा नियन्त्रक तथा सूचना अधिकारी रविन्द्र अर्यालले बताएका हुन् ।

प्रदेशमा ८ महिनाको अवधिमा १ अर्ब २४ करोड २९ लाख ७० हजार आन्तरिक राजस्व संकलन भएको छ । जुन रकम राजस्व मात्र नभइ बेरुजु फिर्ता, निकासा फिर्ता र अनुदान फिर्ताको रकम समेत रहेको बताइएको छ । बेरुजु फिर्ता, निकासा फिर्ता र अनुदान फिर्ताको रकमलाई वास्तविक आम्दानी मान्न नसकिने आर्थिक क्षेत्रका जानकारहरू बताउँछन् । वार्षिक लक्ष्य ४ अर्ब ७१ करोड २० लाख रहेको छ ।

वार्षिक लक्ष्य हालिस गर्न नसकेमा आन्तरिक स्रोतमार्फत सञ्चालन गरिने आयोजना तथा कार्यक्रममा प्रभाव पर्ने गर्छ । कार्यालयका अनुसार कृषि आयमा लाग्ने करबाट एक हजार सात सय रुपैयाँ संकलन भएको छ । जुन लक्ष्यको ०.०३ प्रतिशत हो । सरकारी सम्पत्तिको बहालबाट ५ लाख ४८ हजार आम्दानी भएको छ । जुन लक्ष्यको ७.०१ प्रतिशत हो । अन्य स्रोतबाट बाँडफाँड नहुने रोयल्टी ४ लाख ६ हजार संकलन भएको छ ।

कृषि उत्पादनको बिक्रीबाट प्राप्त ९८ लाख ९८ हजार रुपैयाँ संकलन भएको छ । जुन लक्ष्यको २१.०६ प्रतिशत हो । सरकारी सम्पत्ति बिक्रीबाट प्राप्त २ लाख २३ हजार रुपैयाँ संकलन भएको छ । जुन लक्ष्यको ८.५८ प्रतिशत हो । अन्य बिक्रीबाट सात सय १३ रुपैयाँ संकलन भएको छ । जुन लक्ष्यको २.७४ प्रतिशत हो । नहर तथा कुलो उपभोगबापतको शुल्क ११ हजार एक सय रुपैयाँ संकलन भएको छ । जुन लक्ष्यको १०.८८ प्रतिशत हो ।

अन्य सेवा शुल्क तथा बिक्रीबाट ६२ हजार दुइ सय रुपैयाँ संकलन भएको छ । जुन लक्ष्यको ६.८१ प्रतिशत हो । शिक्षा क्षेत्रको आम्दानीबाट २८ हजार संकलन भएको छ । जुन लक्ष्यको ३.५८ प्रतिशत हो । यसैगरी परीक्षा शुल्कबाट ३ करोड ३२ लाख ३२ हजार संकलन भएको छ । जुन लक्ष्यको १०.२५ प्रतिशत हो । यातायात क्षेत्रको आम्दानी १३ करोड ७८ लाख रहेको छ । जुन लक्ष्यको ३५.१९ प्रतिशत हो । अन्य प्रशासनिक सेवा शूल्कबापत पाँच करोड ७२ लाख संकलन भएको छ । जुन लक्ष्यको ३७.५१ प्रतिशत हो ।

व्यावसायिक रजिस्ट्रेसन दस्तुरबाट पाँच करोड ६७ लाख संकलन भएको छ । यो लक्ष्यको २२.८७ प्रतिशत हो । रेडियो एफ एम सञ्चालन दस्तुरबाट २० हजार राजस्व संकलन भएको छ । टेलिभिजन सञ्चालन दस्तुर १ लाख ६० हजार संकलन गरिएको छ । जुन लक्ष्यको १८.६९ प्रतिशत हो । चालक अनुमतिपत्र सवारीबाट ५२ करोड ४३ लाख ५७ हजार तीन सय ७० रुपैयाँ संकलन भएको छ । जुन लक्ष्यको २६.८६ प्रतिशत हो ।

वन क्षेत्रको आय २४ करोड ३६ लाख ३२ हजार सात सय ८० रुपैयाँ संकलन भएको छ । जुन लक्ष्यको १८.२९ प्रतिशत हो । न्यायिक दण्ड जरिवाना र जफतबाट एक लाख ६३ हजार संकलन भएको छ । जुन लक्ष्यको १६.७० प्रतिशत हो । यसैगरी प्रशासनिक दण्ड जरिवाना र जफतबाट १ करोड ३० लाख ८० हजार संकलन गरिएको छ । जुन लक्ष्यको २०.९२ प्रतिशत हो । धरौटीबाट ४५ लाख ६२ हजार आठ सय एक रुपैयाँ संकलन गरिएको छ ।

जुन लक्ष्यको ७६.४० प्रतिशत हो । अन्य राजस्वबाट १९ लाख ९२ हजार पाँच सय ७८ रुपैयाँ संकलन गरिएको छ । जुन लक्ष्यको ७०.५६ प्रतिशत हो । बेरुजुबाट ४ करोड २५ लाख ९७ हजार रुपैयाँ संकलन गरिएको छ । जुन लक्ष्यको २४.५४ प्रतिशत हो । निकासा फिर्ताबाट ९ करोड ४३ लाख संकलन भएको छ । अनुदान फिर्ताबाट २ करोड १८ लाख रुपैयाँ राजस्व संकलन भएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्