Logo

नाडा र भन्सार विभागबीच बजेटबारे छलफल

काठमाडौं– नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेती नेतृत्वको टोलीले भन्सार विभागका महानिर्देशक महेश भट्टराईसँग अटोमोबाइल क्षेत्रका विभिन्न विषयमा छलफल गरेको छ ।

त्यस क्रममा महासचिव उप्रेतीले नाडाका विभिन्न समितिमा छलफल गरी तयार गरेको आर्थिक वर्ष २०८२/०८३ को बजेट सम्बन्धी सुझाव पेश गरेका छन् । त्यस क्रममा महासचिव उप्रेतीले नाडाले स्वच्छ व्यवसायका लागि वातावरण तयार गर्न सरकारलाई सुझाव दिँदै आएको उल्लेख गरे । महानिर्देशक भट्टराईले व्यवसायीले स्वच्छ व्यवसायलाई आत्मसात गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्