Logo

प्रोटोन इ एमएएस ७ मार्च २१ मा सार्वजनिक

काठमाडौं– जगदम्बा मोटर्सले प्रोटोन प्रोटोन इ एमएएस ७ को सातवटै प्रदेश पार गर्दै सम्पन्न भएको २१ दिने चुनौतीपूर्ण यात्रा सफलतापूर्वक सम्पन्न भएको घोषणा गरेको छ । यो उपलब्धिले विभिन्न भौगोलिक र मौसमीय परिस्थितिमा गाडीको उत्कृष्ट प्रदर्शन, विश्वासनीयता र कुशलताको प्रमाण दिएको कम्पनीको भनाइ छ ।

प्रोटोन प्रोटोन इ एमएएस ७ अब मार्च २१ मा औपचारिक रूपमा सार्वजनिक उद्घाटनका लागि तयार रहेको बताइएको छ । यसले नेपालको दिगो यातायातको दिशामा नयाँ युगको सुरुवात गर्ने कम्पनीको विस्वास छ । प्रोटोन प्रोटोन इ एमएएस ७ ले आफ्नो क्रस–कन्ट्री यात्रा गाडीको अनुकूलता र सहनशीलता वास्तविक परिस्थितिमा परीक्षण गर्नका लागि सुरु गरेको थियो ।

तराईका समथर फाँटदेखि हिमाली भूबनोटका कठोर बाटा हुँदै, यो विद्युतीय सवारीसाधनले विभिन्न भूभागमा आफूलाई सफलतापूर्वक प्रमाणित गर्‍यो । यस यात्राले स्थानीय समुदायलाई गाडीको उन्नत प्रविधि र वातावरणमैत्री विशेषता प्रत्यक्ष अनुभव गर्ने अवसर पनि प्रदान गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्