नेपालगञ्जमा टाटाका इभी सार्वजनिक

काठमाडौं– टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक वितरक सिप्रदी ट्रेडिङले टाटाको नेपालमा हालै लन्च भएको कर्भ इभी, नेक्सन के ३ इभी र टाटा टियागो इभी नेपालगञ्जमा लन्च गरेको छ । नेपालगञ्जस्थित रुद्रप्रिया इन्टरनेस्नल शोरुमबाट कर्भ इभी, नेक्सन के ३ र टाटा टियागो इभी २०२५ लन्च भएका छन् ।
सो कार्यक्रममा सिप्रदी ट्रेडिङका प्यासेन्जर भेहिकलका बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापति र टाटा मोटर्सको लागि नेपालका कन्ट्री म्यानेजर प्रसन्न रंगनाथानका साथ नेपालगञ्ज उप–महानगरपालिका मेयर प्रशान्त बिस्टको उपस्थिति रहेको थियो ।